पाटनमा अनेरास्ववियुका सन्जु भण्डारी विजयी
सुरेश महरा बैतडी: सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत बैतडीको पाटनस्थित पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सन्जु भण्डारी सहित प्यानल विजयी भएको छ ।
बुधबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु अखिल क्रान्तिकारीको सयुक्त प्यानलका उम्मेदवार भण्डारीले १०५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतम प्रसाद अवस्थीले ५६ तथा नेविसंघका माधवी भट्टले १६ मत ल्याइन ।
सचिवमा सयुक्त प्यानल(अखिल क्रान्तिकारी)का प्रकाश भट्टले ९६ मत प्राप्त गर्दै विजयी भए ।
स्वतन्त्र जगनजागरणका कमला भट्टराई ५५, र नेविसंघका चाहाना बिष्ट २६ मत ल्याए ।
कोषाध्यक्षमा सयुक्त प्यानलका (अनेरास्ववियु)गजेन्द्र चुनारा १०७ मतका साथ विजयी भए ।
स्वतन्त्र जनजागरणका दिनेश प्रसाद भट्टले ४९ तथा नेविसंघका कोषाध्यक्षमा कौसिला साउद १९ मत ल्याए ।
सदस्यमा सन्तोष जोशी १०४, जमुना पन्त ९५, कविता कुमारी महरा ९५, यसोदा ऐरी ९४ मत प्राप्त गर्दै विजयी भइन ।
नेविसंघका सदस्यमा सीता बिकले १६, मानमती बिष्ट २३, कविता महरा २५ र हिरा विकले २२ मत प्राप्त गरे ।
यस्तै स्वतन्त्र जनजागरणबाट सचीवका उम्मेद्वार कमला भट्टराई ५५, , सदस्यमा आकाश पन्त ५४, विवेक सिह मडै ५२, प्रकाश दत्त भट्ट ५४ र मनिषा कडायतले ५५ मत प्राप्त गरे ।
पाटनमा यसअघि नेविसंघले जितेकाे थियाे।