जगन्नाथमा नेविसंघका राेशन भट्ट दाेब्बर मतले विजयी

सुरेश महरा बैतडी:सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् ।

आज सम्पन्न भएको स्ववियु निर्वाचन अन्तर्गत १ सय १ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत ल्याए ।

यस्तै सचिवमा नेविसंघकी राधा बोहरा ८५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेखा चुनाराले ५१ मत ल्याइन् । कोषाध्यक्ष पदमा विजयी भएकी नेविसंघकी मीना चन्दले ९१ मत ल्याउँदा अनेरास्ववियुका नवीन भट्टले ५५ मत ल्याए ।

सदस्यमा नेविसंघका करीना कार्की (९६), गौरव लेखक (१००), गोविन्द कोली (१००) र रोमन नेपाली (९९) मत ल्याएर विजयी भएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस जगन्नाथ बहुमुखी क्याम्पसमा यसअघि पनि स्ववियु निर्वाचनमा नेविसंघले जित हात पारेको थियो । यो क्याम्पसमा नेविसंघले लगातार जित दर्ता गर्दै आएको छ ।

यस्तै समानुपातिकतर्फ नेविसंघले १ सय ४ मत र अनेरास्ववियुले ४९ मत प्राप्त गरेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.