मणिलेक क्याम्पसको स्ववियु चुनावमा नेविसघंको ह्याट्रिक, सभापतिमा ओझा

सुरेश महरा   बैतडी : मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेबिसघंको पुरै प्यानल बिजयी भएको छ। अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारहरुलाई पराजित गर्दै नेबिसघंका उम्मेदवार बिजयी भएका हुन।

सभापतीमा नेविसघंका मनोज दत्त ओझा विजयी भएका छन्। उनले ४८ मत प्राप्त गरे। उनका प्रतिद्धन्द्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत र अखिल क्रान्तिकारीकी कल्पना भट्टले २१ मत प्राप्त गरिन।

सचिवमा नेविसंघका दर्शन नेगी वियजी भएका छन। उनले ५३ मत प्राप्त गरे। कोषाध्यक्षमा पनि नेविसंघकै पुजा चन्द विजयी भइन्। उनले ५२ प्राप्त गरिन्।

सदस्यमा नेविसंघकै बिना ओझा (५९ मत), रमेश दत्त ओझा (५६ मत), सृजना चन्द (५६ मत) र तेज ओडले ५७ मत ल्याई विजयी भएका छन। यो संगै मणिलेक बहुमुखी क्याम्पसमा नेविसघंले ह्याट्रिक गरेको छ।

हालसम्म तिन स्ववियु चुनाव भएको मणिलेक बहुमुखी क्याम्पसमा पहिलो सभापति केवश चन्द भएका थिए। जो अहिले शिवनाथ गाउँपालिकाको प्रवक्ता एवं वडा न ५ का वडाध्यक्ष हुनुहुन्छ। यसैगरी दोस्रो सभापति नवराज भट्ट भएका थिए र अहिले पनि नेविसघंका ओझा प्यानल सहित सभापतिमा बिजयी भएका हुन।

आज बिहान ८ बजेबाट सुरु भएको मतदान दिउसो १ बजे सम्पन्न भएको थियो। १२५ मतदाता रहेको क्याम्पसमा १११ मत मात्र खसेको निर्वाचन अधिकृत भवानी सिह नायकले बताउनुभयो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.