तल्लोस्वराडमा चितुवा आक्रमण रोकिएन,एक महिला घाइते
सुरेश महरा बैतडी: बैतडीको तल्लोस्वराडमा चितुवाले मानिसमाथि आक्रमण गर्ने क्रम रोकिएको छैन् ।
आज शिवनाथ गाउँपालिका १ मटेलाकी ३० वर्षीया विन्दरा साउँदमाथि चितुवाले आक्रमण गरेको छ ।
बाख्रा चराउन स्थानीय जंगलमा गएका बेला आज दिउँसो १ बजे चितुवाले विन्दरामाथि आक्रमण गरेको स्थानीय दशरथ चाँडले बताउनुभयो ।
चितुवाले पहिला बाख्रामाथि आक्रमण गरेको र त्यसपछि विन्दारामाथि आक्रमण गरेको हो ।
आक्रमणलगत्तै संगै रहेका अन्य गोठलाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो ।
आक्रमणबाट घाइते विन्दराको टाउको,मुख र गर्धनमा घाउ रहेको छ ।
घाइते विन्दरालाई उपचारको लागी भारतको लुवाघाट लगिएको छ ।
चितुवाले मानिसमाथि आक्रमण गरेपछि उक्त क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन् ।
यसअघि गत फागुन १२ गते पनि बाख्रा चराउन गएका बेला मेलौली नगरपालिका ३ कुजिगाडका ३८ वर्षीय गणेश सिंह भाटलाई पनि चितुवाले आक्रमण गरेको थियो ।