बैतडीको शिवनाथ गाउँपालिकामा दुई दिने निशुल्क बृहत आँखा शिविर सञ्चाल हुने

सुरेश महरा,  बैतडी : बैतडीको शिवनाथ गाउँपालिकामा दुई दिने निशुल्क बृहत आँखा शिविर सञ्चालन भएको छ । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले बताए

अगाडी बैशाख १२ र १३ गते गाउँपालिकाको केन्द्र सुल्लेखानमा शिविर सञ्चालन हुने जनाएको छ । आँखा परीक्षण तथा परामर्श सेवा, आँखाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया, गरिने भएकाले आँखाको समस्या भएका नागरिकलाई शिविरमा आएर सेवा लिन गाउँपालिका अध्यक्ष कर्णसिह साउँदले आग्रह गरेका छन् ।
आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा आँखाको समस्या भएका धेरै नागरिक भएका र उनीहरुलाई उपचारको दायरमा ल्याउन शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिनु भयाे ।

गाउँपालिकाले हरेक बर्ष शिविर मार्फत नागरिकलाई घरनजिकै सेवा दिदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.