राैलेश्वर केदार सामुदायीक वन मा आगजनी नगर्नु समिति काे आग्रह
सुरेश महरा साेमबार चैत २५
बैतडी : राैलेश्वर केदार सामुदायीक वन उपभाेक्ता समिति सुर्नया गाउँपालिका ०४ केदारमाण्डाै बैतडीले सुख्खा माैसममा वनजङ्गलमा आगाे लगाउने कार्य भईरहेकाे हुदा कुनै पनि उपभाेक्ता गैर उपभाेक्ताले सामुदायीक वन भित्र आगाे लगाउने हानी नाेक्सानी हुने काम कृयाकलाप गरेकाे भेटाएमा वन ऐन अनुसार कडा कार्बाहि गरीने राैलेशवर केदार सामुदायिक वनका सचिव बल्देब सिह महराले जानकारी दिनु भएको छ ।
सुख्खायाम मा वन डडेलाे लाग्ने प्रबल सम्भावना हुने भएकाेले आ आफुनाे ठाउँबाट सतर्कता अपनाउनु हुनु सम्पुर्ण उपभाेक्ता ज्युहरुमा बिनम्र अनुराेध गरेकाे राैलेशवर केदार सामुदायिक वनका अध्यक्ष धनीराम लुहारले भन्नू भयो। साथै वनजङ्गगल भित्र डडेलाे लगाउने कार्य भेटाऐकाे खण्डमा कसैलाई नछाड्ने अध्यक्ष लुहारकाे भनाई छ ।
राैलेश्वर केदार सामुदायीक वन उपभाेक्ता समिति ब्यबस्थापन का साथ अगाडि बढीरहेकाे छ हामीले पदाधिकारी हरुलाई परिचय पत्र बितरण गरेको छ सह-सचिव बलराम दमाईले बताउनु भयो , वन समिति कडा रुपमा गईरहेका छाै , जङ्गलमा चाेरी छिनी गैर कृयाकलाप चाेरि सिकारी ,आगजनी पुर्णरुपमा बन्द गरिकाे हुदा यस्ता कृियाकलाप गरेकाे पाऐमा बन ऐन अनुसार कडा कार्बाहि गरिने सह-सचिव दमाईले जानकारी दिनु भएको छ। साथै सामुदायिक वन समितिका पदाधिकारीहरुले छड्के चेक जाँच गरिरहेका बेला पक्राउ परेका ब्यक्तिहरुलाई सामुदायिक वन समितिकाे नियमानुसार दण्ड जरिवाना गरिने जानकारी दिनु भएको छ ।