तीनकुने घटनाका दोषीलाई छोड्न हुँदैन : सभापती देउवा

सुरेश महरा आइतबार, २४ चैत २०८१
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताएका छन् । आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन् ।

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएको दोषी उम्कन सक्ने आशङ्का व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाए ।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजी संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे । सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.