सिगास मावि गौरीशंकरको विव्यस अध्यक्षमा पुनः भाट

सुरेश महरा चैत २४, २०८१
बैतडी: बैतडीको पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरीको विद्यालय व्यवस्थान समिति अध्यक्षमा पुनः प्रेमसिंह भाट चयन भएका छन् । शनिबार अभिभावकहरुको भेलाले भाटको पुनः अध्यक्षयमा चयन गरेको हो ।

समितिको सदस्यमा किरणसिंह महरा, निर्मला केसी,गोमती महरा र वसन्ती बिष्ट चयन भएका छन् भने दिपेन्द्र खत्री पदेन सदस्य रहेका छन् । यस्तै विद्यालयका प्रधानाध्यापक मानबहादुर चन्द समितिको सदस्य सचिव रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटले बताए ।

विद्यालयको चौतर्फी विकासका लागि आफू नेतृत्वको समितिले सक्रियतापूर्वक काम गर्ने अध्यक्ष भाटले उनकाे दाबी छ। विद्यालयको शैक्षिक, भौतिक र आर्थिक गुणस्तर सुधारका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

लामो समयबाट पाटन ३ संगै जोडीएको पाटन नगरपालिका-९ मा पर्ने शिद्देश्वर मावि हुक्केडाडाँको पनि उनी व्यवस्थापन समिति अध्यक्ष हुन् । विद्यालय सुधार योजना अन्र्तगत काम गर्ने अध्यक्ष भाट सामुदायीक विद्यालयहरुको बिषय तथा शैशिक्षक गुणस्तर सुधारका लागि लामो समयदेखी सक्रिय छन् । बैतडी मात्र नभइ देशभर जो उनले सरकारी बिद्यालयको भौतीक तथा शैशिक्षक अवस्था सुधारको लागि बहस गर्ने समेत गरेका छन् ।

सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघ नेपालका सुदूरपश्चिम् प्रदेश अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष भाट एक कार्यकाल ज्ञानेश्वर माबी बिजयपुरमा विव्यस समितिको जिम्मेवारी समालेका थिए । त्यो समय बिद्यालयमा महायज्ञ लगाएर झण्डै ५५ लाख बढी चन्दा संकलन गरेको उनले बताए । उनले आफु आफ्ना बालबालिका सरकारी बिद्यालय पढाउने गरेकार सबैलाई सरकारीमा पढाउन प्रेरित गर्ने गरेको बताए ।

अभिभावक भेलामा पाटन नगरपालिका–३ का वडा अध्यक्ष करुणाकर भट्ट, शिक्षा शाखाका प्रतिनिधि बिर्खराज भट्ट लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । यस्तै भेलाले डम्मरदत्त पन्तको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको समिति सदस्य किरणसिंह महराले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.