आज एकै दिन बैतडीका ११ जनामा कोरोना पुष्टि 

बैतडी–असोज २६/  आज एकै दिन बैतडीका ११ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका थप ११ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला अस्पातल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना गरी ११ जनामा कोरोना पृष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आज कोरोना पृष्टि हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका २ जना जना पुरुष र मेलौली नगरपालिकाका २ जना रहेका छन । यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको हो । पाटन नगरपालिका वडा नं १ का ३ जना, वडा नं ३ का २ जना, वडा नं ६ र ८ का एक एक जना रहेका छन् । वडा नं ८ का २१ बर्षीय पुरुष बाहेक अरु ६ जना भारतबाट फर्केर क्वारेन्टाइनमा बसीरहेका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ । यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ४३९ पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.