सुर्नयामा कक्षा ८ को परीक्षाफल प्रकाशित, दुई विद्यालय निल

सुरेश महरा चैत्र २३

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षाको नतिजा प्रकाशित गरेको छ । पालिकाले एक सूचना प्रकाशित गर्दे परिक्षाफल सार्वजनिक गरेको हो । प्रकाशीत परीक्षाफलअनुसार ३९६ विद्यार्थी मध्ये १९८ जना मात्रै उत्तिर्ण भएका छन् । परीक्षा सहभागी भएका १९ विद्यालयमध्ये दुई ओटा विद्यालयको नतिजा निल आएको छ । भुवनेश्वर मावि पत्थरकोट चौथली र उदयदेव मावि पालिगडाको नतिजा निल आएको सुर्नया गाउँपालिकाको शिक्षा शाखाले प्रमुख टङक प्रसाद अबस्थीले जानकारी दिनु भयाे ।

भुवनेश्वर माविका १० जना र उदयदेव मावि पत्थरकोट चौथलीका ८ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।
कुनै दुई विषयमा एनजी आएका विद्यार्थीहरुले ग्रेडवृद्धि परिक्षा समावेश हुन पाउने छन् । त्यसका लागि चैत्र मसान्त सम्म सम्बन्धीत विद्यालयमा गएर परीक्षा फारम भरि पालिकाको शिक्षा शाखामा पेस गरिसक्नुपर्ने छ । ग्रेडवृद्धि परीक्षा आगामी बैशाख २१ र २२ गते सञ्चालन हुने बताइएको छ ।

साथै नतिजामा चित्त नबुझेको खण्डमा परीक्षाफल प्रकाशित भएको एक हप्ताभित्र सम्बन्धीत विद्यालयमा निवेदन दिनुपर्ने छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.