जिल्ला अस्पताल बैतडीकी अध्यक्ष भट्टको दुई कार्यकाल पुरा, सम्मान सहित बिदाई।

सुरेश महरा चैत्र २२
बैतडी : जिल्ला अस्पताल बैतडीको ब्यवस्थापन समिति अध्यक्ष भई उत्कृष्ट काम गरेकी पार्वती भट्टको दुई कार्यकाल सफलताका साथ सम्पन्न भएको छ । हिजो मंगलबार अस्पताल परिवारले एक कार्यक्रमको आयोजना गर्दै सम्मान सहित भट्टलाई बिदाई गरेको हाे

२०७६ सालमा कार्यकाल सम्हालेकी भट्टले अस्पतालको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकी छिन । २०७८, २०७९, र २०८० सालमा स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा उत्कृष्ट अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको थियो। कोरोना समयमा कोरोना परिक्षण गर्न डडेल्धुरा जानुपर्ने र रिपोर्ट आउन हप्तादिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्दै पीसीआर ल्याब स्थापना गरिएको थियो । जिल्लामै पीसीआर ल्याब स्थापना भएपछि कोरोना परिक्षण गर्न डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य भएको थियो ।
पहिले ४ जना डाक्टरले सेवा दिईरहेकामा मेरो कार्यकालमा १६ जना डाक्टरले सेवा दिरहेका भट्टले बताईन । अस्पतालमा अहिले हड्डी रोग विशेषज्ञ, गाईनो, स्त्री रोग विशेषज्ञ, डेन्टल सेवा, ओपीडी, जनरल, लगायत ईमर्जेन्सी सेवा संचालनमा रहेका छन् । १५ सय्याको दरबन्दी भएपनि ५० सय्याको सेवा दिइरहेको छ । अस्पतालमा शव बहान, एम्बुलेन्स, अक्सिजन प्लान्ट स्थापना समेत गरिएको छ ।
पार्वती भट्ट एकल महिला हुन । उनले आफ्नो ६ बर्षे कार्यकालमा निस्वार्थ रुपमा उत्कृष्ट काम गर्दै सफल कार्यकाल पुरा गरेकी छिन्

सम्बन्धित

Leave A Reply

Your email address will not be published.