रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ’
सुरेश महरा २०८१ चैत्र २१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्ने बताएका छन्।
नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले रोजगारीका सिलशिलामा भारत जाने श्रमिकलाई बिमा लाभमा समेट्न प्रदेश सरकार संवेदनशील रहेको जानकारी दिनु भएको छ ।
मुख्यमन्त्री शाहले रोजगारीका लागि खाडी मुलुकलगायत तेस्रो मुलुक जाने श्रमिकसँगै भारत जानेहरूको पनि श्रमिक बिमा गर्नुुपर्ने बताए। श्रमिकले बिमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेशका सचिवहरूलाई भारत जाने श्रमिकको तथ्याङ्क सङ्कलन गरी प्रक्रिया अगाडि बढाउन र गृहकार्यमा लाग्न उनले निर्देशन दिए।