शिशिरकुञ्ज साँस्कृतिक सदनको आम्दानी तथा खर्च विवरण सार्वजनिक
हजारी महरा बैतडि चैत १९: बैतडीको पुर्चौंडी नगरपालिका-१०, विजयपुर महरागाउँ भाङाडमा रहेको शिशिर साँस्कृतिक सदनले आर्थिक वर्षको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ।
संस्थाले देउसी र होली कार्यक्रम आयोजना गरी कुल १ लाख ८६ हजार आम्दानी गरेको छ। उक्त रकममध्ये १ लाख २१ हजार ९ सय ८३ रुपैयाँ विभिन्न वाद्यवादन सामग्री तथा जन्तीका लागि आवश्यक सामग्री खरिदमा खर्च गरिएको छ। संस्थाले ६४ हजार १७ रुपैयाँ बचत गरेको जनाएको छ।
संस्थाका अध्यक्ष कर्ण बहादुर महराका अनुसार गाउँघर तथा छरछिमेकमा यस्ता कार्यक्रम गर्दा स्थानीय बासिन्दालाई सहज हुने र सामाजिक एकता, सद्भाव तथा मेलमिलाप प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। सचिव नरेन्द्र बहादुर महराका अनुसार संस्थाले आम्दानी तथा खर्च विवरण सार्वजनिक रूपमा प्रस्तुत गर्दै सर्वसम्मत अनुमोदन गरिसकेको छ।
स्थानीयस्तरमा सांस्कृतिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको यस संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।