नगर बस सञ्चालन गर्दै दशरथचन्द नगरपालिका
बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ। नगर प्रमुख पुष्कर राज जोशी “लख्खाभाइ”ले आफ्नो चुनावी नारामा प्रतिबद्धता पूरा गर्न नगर बस सञ्चालनमा ल्याउन लागेका हुन ।
बस चैत्र २४ गते विधिवत पुजाआजा गरि सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ। नगर बस संचालनमा आउने भएपछी नगरपालिका सम्म आवतजावत गर्ने सर्वसाधारणहरु लाई निकै सहज हुने अपेक्षा समेत गरिएको छ ।