जनकालीका बचत तथा ऋण सहकारीद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
बैतडी चैत्र १८ बैतडीको दशरथचन्द नगरपालीका २ मा रहेको जनकालीका बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि दुई दिने आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीका अध्यक्ष खडक बहादुर बोहराले जनाएको छ ।
तालिमको प्रशिक्षण जिल्ला सहकारीका संघका पुर्व अध्यक्ष मान बहादुर चन्दले गरेका थिए। आईतबार र सोमबार सञ्चालन भएको तालीममा सहकारीका ३५ जाना भन्दा बढी सेयर सदस्य रहेका थिए । उहाले यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने वताउनु भयो। सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
सहकारीमा आधापेट आएर वा बिभिन्न काम गरेर पछिको लागी सहजहोस भन्ने उदेस्यले जम्मा गरेको पैसा सुरक्षित रहेको बताउनु भयो। सेयर सदस्यहरुलाई सहकारीको अबस्था कस्तो छ के भैरहेको छ हाम्रो लगानीको अबस्था कस्तो छ यसका नीति नियम कस्ता रहेका छन भनेर सेयर सदस्यहरुलाई सहकारी शिक्षा तामिल दिएको संस्थाका अध्यक्ष बोहराले बताउनु भयो।