पत्रकार हत्या विरोधमा बैतडीमा विरोध सभा

बैतडी, चैत १६ – शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बैतडीले शोक तथा विरोध सभा गरेको छ । महासङ्घ बैतडीले पत्रकार रजक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सदरमुकाम गडीस्थित चोकमा विरोध सभा गरेको हो ।

शनिबार दिउसो १ बजे देखि गडी चोकमा विरोध सभा गरी बैतडीका पत्रकारहरूले पत्रकार रजकको हत्यामा संलग्न जो कोहीलाई छानबिन गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् । पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको भन्दै महासङ्घले पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने पत्रकार महासङ्घ बैतडीले स्पष्ट पारेको छ ।
पत्रकारहरूमाथि भएका हत्या, दमन, सञ्चारमाध्यममाथि गरिएका आगजनी तथा तोडफोडका घटनाहरूको विरोध स्वरूप सभा आयोजना गरिएको पत्रकार महासङ्घ बैतडीका अध्यक्ष नरी बडुले बताउनुभयो । स्वतन्त्र प्रेसको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासङ्घ बैतडीले विरोध जनाएको उहाँले बताउनुभयो ।

यस्ता घटनामा संलग्न जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याई पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण, तथा सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोध सभा गरिएको विरोध सभामा सहभागी पत्रकार नरेन्द्र भट्टले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.