शिक्षाको अधिकारसम्बन्धी अन्र्तक्रिया कार्यक्रम बैतडीको देहीमाण्डौमा सम्पन्न
आशिष माल–असोज २६/ स्थानिय निकायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने परियोजना अन्र्तगत शिक्षाको अधिकारसम्बन्धी अन्र्तक्रिया कार्यक्रम बैतडीको देहीमाण्डौमा सम्पन्न भएको छ । अनौपचारिक सेवा केन्द्र ईन्सेक बैतडीको ओयाजना तथा मानब अधिकार समुहको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा शिक्षक, बिद्यार्थी, अभिभाबक सञ्चारकर्मी र मानब अधिकारकर्मीहरुको सहभागीतमा कोरोना भाईरसले शिक्षा क्षेत्रमा पारेको असरका बारेमा छलफल गरिएको छ । लामो समयदेखि बिद्यालयहरु बन्द भई पठनपाठन ठप्प हुदा बिद्यार्थी तथा अभिभावकहरुमा परेको नकरात्मक प्रभाब न्यनुनीकरणका बिषयमा कार्यक्रममा छलफल गरिएको हो ।