बैतडीको पुर्चौडी नगरपालिकामा निर्माण भइरहेको त्रिवेणी धाम झुलुङ्गे पुल अन्तिम चरणमा

जारी महरा बैतडी  बैतडीको पुर्चौडी नगरपालिकामा निर्माण भइरहेको त्रिवेणी धाम झुलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ । ९३ मिटर लामो एन-टाइप शैलीमा निर्माण भइरहेको यो पुल २०७९ सालदेखि निर्माण सुरु भएको हो । पुलले पुर्चौडी नगरपालिका वडा नं १ र वडा नं ७ लाई जोड्नेछ । स्वापको केन्द्रिय अनुदान, हेल्भिटासको आर्थिक सहयोग र पुर्चौडी नगरपालिकाको १३ प्रतिशत बजेट मा निर्माण भइरहेको पुल यो महिनाभित्र सञ्चालनमा आउनेछ।

  निर्माण समिति अध्यक्ष गंगा दत्त जोशीका अनुसार हाल पुलको अन्तिम तयारी भइरहेको नगर प्रमुख सचिवालय सराेज बमले जानकारी दिनु भएको हाे यसैगरी, पुर्चौडी नगरपालिका वडा नं ७ गिरिजा बगड बसपार्क मा प्रतिक्षालय र शौचालय निर्माणको लागि उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१/८२ को ३० लाख बजेट मा निर्माण भइरहेको यो परियोजना नगर प्रमुख दीपक ब. का अनुसार यात्रीहरूको सुविधाका लागि आवश्यक रहेको उहाले भन्नू भयाे । नगर प्रवक्ता धिरेन्द्र ब. बमले बसपार्कमा यी सुविधाहरूले यात्रुहरूको कठिनाइ सहज हुने बताउनु भएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.