बैतडीमा हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै विरोध प्रर्दशन
बैतडी: हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै बैतडीमा पनि विरोध तथा आन्दोलनका कार्यक्रमहरु सुरु गरिएका छन्। राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले बैतडीमा पनि आन्दोलनका कार्यक्रमहरु सुरु भएको जनाएको छ।
राप्रपा, राप्रपा नेपाल, हिन्दुवादी तथा राष्ट्रवादीहरुको संयुक्त आयोजनामा आन्दोलनका कार्यक्रमहरु सुरु गरिएको राजसंस्था पुर्नस्थापना जनआन्दोलन समितिका अभियान्ता प्रेमबहादुर चन्दले बताउनुभयो। हिन्दुराष्ट्र नेपाल र नेपालीको पहिचान भएकाले हिन्दु राष्ट्र स्थापनाका लागि एक जुट हुन समेत उहाँले सबैमा आग्रह गरेका छन्।
देशमा व्यप्त दलतन्त्रले भ्रष्टाचार, परनिर्भरता र विधिको शासन विपरित काम गरेकाले आन्दोलन गर्नुपरेको उहाँको भनाई छ। बैतडीमा पनि सांकेतिक रुपमा आन्दोलनका कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ। राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्र कायम नहुँदा सम्म विभिन्न चरणमा आन्दोलन जारी रहने चन्दले बताउनुभयो। भोली १५ गते काठमाण्डौँमा हुने बृहत जनआन्दोलनका लागि समेत तयारी भइरहेको उहाँको भनाई छ।
विदेशीको इसारामा नेपालका उच्चपदस्त भनिएका नेताहरुले आर्थिक र पदीय प्रलोभनमा परि धर्म निरिपेक्षता गरेको भएपनि यो नेपाली जनताहरुलाई पटक्कै मन नपरेको उहाँको भनाई थियो। संघीयता खारेज, राजसंस्था पुर्नस्थापना र हिन्दुराष्ट्र कायम लगायतका माग राख्दै जनआन्दोलन समितिले संघीय राजधानी लगायत देशभरी सरकार तथा व्यवस्था विरोधी कार्यक्रम गरिरहेको छ।