”एसइई” परिक्षा बिग्रिएको भन्दै बझाङमा शिक्षककै छोरीले गरिन् आत्महत्या
बझाङ चैत १३ : बझाङमा एक छात्रा बिद्यार्थीले ”एसइई” परिक्षा बिग्रीएको भन्दैं आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आत्महत्या गरेको खुलेकी छ ।
केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । हिजो (मंगलबार) अनिर्वाय बिज्ञान बिषयको परिक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएकी खुलेको छ ।
स्थानीय स्रोतका अनुसार, छात्राले परीक्षाफलमा असफलताका कारण ठूलो मानसिक तनाव भोगेको र यसले उनलाई गहिरो निर्णयमा पुर्याएको अनुमान गरिएको छ। उनि पनि बुबा जस्तै एक मिहेनती लगनशित तथा प्रतिभावान छात्रा थिइन । बिहान परिक्षा दिएर घरमा आएकी थिइन र साँझ ५ बजेतिर आकांक्षा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिईन ।