बैतडी: सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर नै हुनु पर्ने माग

डीआर भट्ट–असोज २६/  बैतडीको सुर्नया गाउँपालिका केन्द्र सङर्घष समितिले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँपालिकाको केन्द्र साबिकको रौलेश्वर नै हुनु पर्ने माग राख्दै सङर्घष समितले गाउँपालिकालाइ ध्यानाकर्षण पत्र बुझाएको हो । राज्य पुनः सँरचना आयोगले सुर्नया गाउँपालिका ५ साबिकको रौलेश्वर गाबिसको केन्द्रलाई तोके पनि बलमिचाई गरि पालिकाको केन्द्र सार्ने निर्णय भएकाले राज्य पुनः सँरचना आयोगले तोकेकै ठाउँमा केन्द्र हुनु पर्ने सङर्घष समितिले माग गरेको छ । पालिकाको केन्द्र पविता राख्ने गाउँपालिकाको निर्णय विरुद्ध सङर्घष समतिले सर्वोच्चमा  मुद्दा दर्ता गरेको थियो ।

गाउँपालिकाको केन्द्रका विषयमा सर्बच्चोले फैसला नगर्दै केन्द्र सार्नै चलखेल भई रहेकाले यथावत राख्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको गाउँपालिका केन्द्र सङर्घष समितका अध्यक्ष अर्जुन सिहँ मडैले बताउनुभयो । आफुहरुको मागको वेवास्ता गरि केन्द्र सार्ने र सराउने निर्णय भए जुनसुकै किसिमको प्रतिवाद गर्न पनि पछि नपर्ने र उक्त प्रतिवाद बाट आउने परिणामको भागेदार गाउँपालिकाले हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

गाउँसभाले यस अघि नै केन्द्र पविता राख्ने निर्णय गरेको छ । पवितामा रहेको कमलेश्वर चन्द्र मणि आधारभुत विद्यालयमा अहिले केन्द्र सार्ने हल्ला बाहिर आएकाले सङर्घष समितिले गाउँमापालिकाको ध्यानाकर्षण गराएको हो । गाँउपालिकाले केन्द्र पविता तोकेपनि सेवा प्रवाह साबिकको रौलेश्वर बाटै भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.