मणिलेक मा.वी.गुरूखेलामा मा पूर्व विद्यार्थी समाज गठन
बैतडी-0९ बैतडीको दशरथचन्द नगरपालिका–१ मा रहेको मणिलेक माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । समाजको अध्यक्षमा विद्यालयका पूर्व विद्यार्थी, भुपेन्द्र चन्द चयन भएका छन् ।
विद्यायलमा आयोजित पूर्व–विद्यार्थीहरुको भेलाले सो समिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा पूर्व विद्यार्थी प्रकाश विजले रहने गरी ११ सदस्यीय समिति गठन गरिएको छ ।सचिवमा करूणाकर भट्ट ,कोषाध्यक्षमा रेवती भट्ट सह सचिवमा रमेश लूहार त्यस्तै सदस्यहमा रमेश भट्ट, जय बहादूर टेर ,करन भाट,भागरथी भट्ट ,तेज राम लुहार, विर बहादुर टेर रहेका छन्
२०१३ सालमा स्थापना भएको विद्यालयमा अध्ययन् गर्ने अधिकांश उपल्लो तहमा पुगेका छन् । सोही विषयलाई मध्यनजर गर्दै पूर्व विद्यार्थीहरुलाई समेट्न र अक्षयकोष स्थापना गर्न पूर्व विद्यार्थीहरु संगठित भएको विद्यालयका पूर्व विद्यार्थी तथा हाल विद्यालयका शिक्षक हर्क सिह धामीले जानकारी दिए ।
पूर्व विद्यार्थी समाजमा रहेका सदस्यले स्वेछिक ढंगले रकम जम्मा गरि अक्षयकोष स्थापना गरी सो अक्षयकोषको ब्याजबाट मणीलेक माध्यमिक विद्यालयको शैक्षिक, भौतिक र गरिव तथा जेहेनदार विद्यार्थीलाई सहयोग गरिने विद्यालयले जानकारी दिएको छ ।
देश तथा विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समाजमा सहभागि हुन र अक्षयकोष स्थापना गरि सहयोग पु¥याउन अध्यक्ष चन्दले आब्हान समेत गरेको छ ।