दार्चुलाको अपिहिमाल गाउँपालिका, घुम्ती शिविर मार्फत १०७ जनाले लिए सेवा

सुरेश महरा दार्चुला: अपिहिमाल गाउँपालिका, खण्डेश्वरी, दार्चुलाको आयोजनामा मिति २०८१/१२/०६ गते वडा नं. ५ अन्तर्गत तल्लो, मल्लो शौगन्ना, साननधार, वारितिम्ला, पारितिम्ला र सैन बस्तीका सेवाग्राहीलाई लक्षित गरी एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ।

शिविरमा १०७ जना सेवाग्राही (महिला–७०, पुरुष–३७) लाई स्वास्थ्य जाँच तथा औषधि वितरण, कृषि बिउबिजन वितरण तथा परामर्श सेवा, पशुचौपायामा लाग्ने रोग नियन्त्रणका लागि औषधि वितरण तथा परामर्श सेवा, आयुर्वेद औषधि तथा मालिस तेल वितरणसहित परामर्श सेवा प्रदान गरिएको थियो। साथै, “अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम” अन्तर्गत २१ जना ज्येष्ठ नागरिकलाई न्यानो सामग्री (टोपी, जुत्ता) तथा कोशेली वितरण गरिएको थियो।

यसअघि गाउँपालिकाले वडा नं. ३ र ४ मा पनि यस्तै शिविर सञ्चालन गरिसकेको छ। गाउँपालिकाले प्रवाह गर्ने सेवा-सुविधा नागरिकको घरदैलोमै उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार “अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम” तथा शिविर वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ।

शिविरमा सहभागी स्थानीयवासीले गाउँपालिकाको सेवा-सुविधा घरदैलोमै प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.