बैतडी कांग्रेसको ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ सञ्चालनमा ; पाँच पालिकामा कार्यक्रम सम्पन्न,सम्मानित जेष्ठ नागरिक खुसी

सुरेश महरा बैतडी चैत ६ :  नेपाली कांग्रेसले बैतडीमा ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ सञ्चालन गरेको छ ।

गाउँमै पुगेर नेपाली कांग्रेसमा लामो समय योगदान पुर्याएका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।

वडा सम्मेलन संगसंगै वडाभित्र रहेका कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिरहेको हो । उहाँले भन्नुभयो,“ नेपाली कांग्रेसमा लामो समय योगदान पुर्याएका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिरहेका छौं । यसले नेपाली कांग्रेसको संगठन विस्तारमा सहयोग पुग्नुका साथै योगदानको कदर पनि गरेका हौं । ”

जिल्लाका १० वटै स्थानीय तहहरुका सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन भइरहेको नेपाली कांग्रेस बैतडीका क्रियाशील सदस्य छानबीन समितिका संयोजक रमेश बोहराले बताउनुभयो ।

६५ बर्षमाथिका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मानको कार्यक्रम सञ्चालन भइरहेको हो । उहाँले भन्नुभयो,“ जिल्लाका ८४ ओटै वडामा रहेका कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम छ । ”

हालसम्म दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भइसकेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ जेष्ठ नागरिक सम्मान कार्यक्रमका साथसाथै क्रियाशील सदस्यता वितरण, सदस्यता नवीकरण र वडा सम्मेलन पनि गरिरहेका छौं ।”
नेपाली कांग्रेस पार्टीले सम्मान गरेपछि जेष्ठ क्रियाशील सदस्यहरु खुसी भएका छन् ।

नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता पाएकाहरुको नवीकरण गरेर उनीहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको छ भने नयाँ सदस्यहरुलाई पार्टीमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

यो कार्यक्रमले पार्टीलाई थप मजबुद बनाउन रणनीति निर्माण गरिने र पार्टीका सबै तहका सांगठनिक गतिविधि प्रभावकारी हुने विश्वास गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.