बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र पपितामा नै कायम रहनेगरी सर्वोच्चको फैसला
सुरेश महरा बैतडी – बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद सामाधान भएको छ । सर्वोच्च अदालतकाले गाउँपालिकाको केन्द्र पपतिामा कायम रहनेगरी सोमबार अन्तिम फैसला सुनाएका छन्।
सर्वोच्चले गाउँपालिकाको केन्द्र विरुद्ध परेको रिट निवेदन खारेज गरिदिएको छ। सर्वोच्चको फैसलाले गाउँपालिकाको केन्द्रका विषयमा पाँच वर्षदेखि भइरहेको विवाद टुंग्याएको छ। राज्य पुनःसंरचनाका क्रममा सुर्नया गाउँपालिकाको केन्द्र पपिता निर्धारण गरिएको थियो।
तर, २०७४ सालमा निर्वाचित गाउँपालिका अध्यक्ष विर बहादुर विस्ट नेतृत्वको स्थानीय सरकारले सुर्नया गाउँपालिकाको केन्द्र पपिता कायम गर्ने निर्णय गरेको थियो।
त्यसका विरुद्ध रिट दायर गरेका थिए। जसले गर्दा अहिलेसम्म केन्द्रबारे अलमल रहेको थियो। २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको निर्णय अनुसार गाउँपालिकाको केन्द्र पपिता रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ । यो फैसला को उच्च कदर गदै सर्वोच्च अदालत लाई पुर्व अध्यक्ष विस्टले धन्यबाद ज्ञापन समेत गरेका छन् ।