शिक्षा ऐन जारी गर्न आफुले सहयोग गर्ने पूर्व मन्त्री साउद

सुरेश महरा बैतडी–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउदले विद्यालय शिक्षा ऐन जारी गर्न आफूले सहयोग गर्ने बताएका छन् । बैतडीको शिवनाथमा शनिबार नेपाल शिक्षक संघ बैतडीको २२ औं जिल्ला प्रतिनिधि सभामा बोल्दै साउदले यस्तो बताएका हुन् ।

शिक्षकहरुका हकहितका बिषयमा आफूले संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रीय सदस्य साउदले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । उनले भने, ‘शिक्षकहरुका जायज माग सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराउँछु । संसदमा पनि कुरा उठाउँछु । शिक्षा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ ।’

प्रतिनिधि सभामा केन्द्रीय सदस्य साउदका साथै केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्व राज्यमन्त्री नरबहादुर चन्द लगायत कांग्रेसका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.