बैतडीः पाटनका थप ७ जनाका कोरोना पुष्टि
बैतडी–असोज २६/ बैतडीका थप ७ जनाका कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ बर्षीय बालिका सहित थप ७ जनामा कोरोना पुष्टि भएको हो ।आज कोरोना पुष्टि भएकाहरु सबैजना पाटन नगरपालिका रहेका छन । कोराना पुष्टि भएका ६ जना भारतबाट फर्केका छन् भने १ जना ट्राभल हिस्ट्री नभएकामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका मध्ये पाटन नगरपालिका वडा नं ६ र ८ का एक एक जना, वडा नं १ का ३ जना र वडा नं ३ का २ जना रहेका छन् । वडा नं ८ का २१ बर्षीय पुरुष बाहेक अरु ६ जना भारतबाट फर्केर क्वारेन्टाइनमा बसीरहेका स्वास्थ्य शाखा प्रमुख मदन सिह महराले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ । यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ