बैतडी चैत २ : बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडक छेउमा शनिबार बिहान ८ बजेतिर शव फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको र शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।