बैतडीमा स्ववियु निर्वाचनका लागि दुई क्याम्पसमा नेबिसंघ र अखिल क्रान्तिकारी बीच गठबन्धन
बैतडी फागुन २८ : बैतडीका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी (नेविसंघ) र अखिल (क्रान्तिकारी) बीच गठबन्धन भएको छ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा पुचौडी बहुमुखी क्याम्पस र सेटीगाँड बहुमुखी क्याम्पसमा आगामी चुनावका लागि दुवै संगठनले सहकार्य र साझा उम्मेदवार तयारी गरेका छन्।
अखिल (क्रान्तिकारी) का प्रदेश उपाध्यक्ष तिलक बहादुर मालले गठबन्धनको पुष्टि गर्दै दुवै संगठनले विद्यार्थीका मुद्दा र लोकतन्त्रको रक्षा गर्ने साझा एजेन्डामा सहमति गरेको बताए ।
सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघको भागमा सभापति सहित ७ जना सदस्य र सह-सचिव परेको छ । अखिल (क्रान्तिकारी) ले सचिव, कोषाध्यक्ष सहित ५ जना सदस्य पाएको छ ।
यस्तै पुचौडी बहुमुखी क्याम्पसमा भने अखिल (क्रान्तिकारी) सभापति सहित ७ जना सदस्य र सह-सचिव चयन गर्ने तयारी गरेको छ भने सचिव, कोषाध्यक्ष सहित ५ जना सदस्य उप सभापती चयन गर्ने तयारी गरेको छ।
यो गठबन्धनले विद्यार्थी समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।