कालागाउँ घटनाः अभियुक्त कर्णबहादुर सार्वजनिक

बैतडी फागुन २८ : जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार जिल्लाको दोगडाकेदार गाउँपालिका –८ कालागाउँका २१ वर्षिय सुरेन्द्र विष्टको हत्यामा संग्लग्न अभियुक्तलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
सोहि ठाउँका स्याल भनेर चिनिने कर्णबहादुर बिष्टलाई सार्वजनिक गरिएको हो । अभियुक्तले प्रयोग गरेका बन्दुक, गोली, मोवाइल तथा सिम कार्ड लगायतका सामान सहित उनलाई बुधबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

फागुन १७ गते राति ८ः३० बजेको समयमा गोली प्रहार गरेर कर्णबहादुरले सुरेन्द्रको हत्या गरेका थिए । ४० हजार रुपैयाँ लेनदेनका बिषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको गोली हानेर हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।

फागुन २५ गते दोगडाकेदार ८ कै पत्थरखानीको ओढारमा लुकाइछिपाइ गरेको अवस्था झोलाा फेला परेको थियो । सोही ठाउँमा मंगलबार उनले हत्यामा प्रयोग गरेको बन्दुकसहितका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार भएका कर्णलाई गएको फागुन २३ गते दार्चुलाको महाकाली नगरपालिका ९ दत्तु नाकाबाट उनलाई पक्राउ गरिएको थियो । भारततर्फ भाग्दै गरेको अवस्थामा अभियुक्त बिष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

अभियुक्त कर्णबहादुर माथि जिल्ला अदालतबाट फागुन २३ गतेदखी लागु हुने गरी १० दिन म्याद थपेर कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भैरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.