बैतडी शिक्षा क्याम्पस शाहिलेकको स्ववियु सभापतिमा अकबर चन्द निर्विरोध चयन
बैतडी–शिक्षा क्याम्पस शाहिलेकमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व निर्विरोध चयन भएको छ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको सिंगो प्यानल नै निर्विरोध चयन भएको हो ।
शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्दको नेतृत्वमा ९ सदस्यीय प्यानलसहित निविरोध चयन भएका छन् ।उपसभापति जनक नाथ, सचिवमा धिरज जोशी, सहसचिवमा सन्तोष बोकटी कोषाध्यक्षमा ममता टेलर, सदस्यमा पुनम पन्त, चाँदनी वड हेमन्ती चन्द र मेघा बराल रहेका छन् ।आधिकारीक रुपमा घोषणा हुन बाँकी रहेको छ ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि आज ११ बजेदेखी २ बजे सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । उक्त समयमा अरु विद्यार्थी संगठनबाट मनोनयन दर्ता नभएको बताइएको छ ।
मेलौली खबर ६१०६ उयकतक ० अयmmभलतक