गोपेश्वर आधारभुत विद्यालयमा फेरि भेटौला कार्यक्रम सम्पन्न

हजारी महरा बैतडी फागुन २१ : गोपेश्वर आधारभुत विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। पुर्चौडि नगरपालिका १० स्थित गोपेश्वर आवि विद्यालयका कक्षा ८ का विद्यार्थीहरूको बिदाई तथा फेरि भेटौला कार्यक्रम बुधबार विद्यालयको प्रांगणमा उल्लासमय वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थीहरूलाई अबिरको टीका, फूलको माला लगाइ सम्मान गर्दै मायाको चिनोस्वरूप कलम प्रदान गरियो। विद्यालय परिवारले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विदाइ गरेको हो।

उक्त कार्यक्रममा बि.ब्य.स का अध्यक्ष र विद्यालयका प्रधानाध्यापक रमेश अवस्थीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रधानाध्यापकले समारोहमाझ विद्यार्थीहरूको भविष्यको उज्जवल बाटोको कामना गर्दै उनीहरूको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।साथै, विद्यार्थीहरूले एक आपसमा सन्देश आदानप्रदान गर्दै आगामी दिनमा फेरि भेट हुने आशा व्यक्त गरेका छन्।

कार्यक्रमका क्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए जसले सबैलाई हर्षित पारेको थियो।
विद्यालयको यो बिदाई तथा फेरि भेटौला कार्यक्रमले समग्र विद्यालय समुदायमा एकता र मित्रताको भावना जगाएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.