सेटिगाउँ बहुमुखी क्याम्पस सञ्चालक समितिमा नर बहादुर माल निर्वाचित
बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सेटिगाउँ बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा नर बहादुर माल निर्वाचित हुनुभएको छ ।
क्याम्पस सञ्चालक समितिको अध्यक्ष टुंगो लगाउन सहमती नजुटेपछी निर्वाचन गरिएको सेटिगाउँ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो । कुल ९८ मत खसेकोमा मालका निकटतम प्रतिस्पर्धी हरिदत्त जोशीलाई २८ मतान्तरले पछि पार्दै क्याम्पस सञ्चालक समितिको अध्यक्षमा माल निर्वाचित भएको सेटिगाउँ माध्यमिक विद्यालय सेटिगाउँका खरिदार पदम बहादुर बोहराले जानकारी दिनुभयो ।
कुल ९८ मत खसेकोमा जोशीले ३६ मत तथा मालले ६४ मत पाप्त गरेको उहाँले बताउनुभयो । यस्तै क्याम्पस सञ्चालक समितिमा नौँ जना सदस्यहरु भने सहमतिमै चयन गरिएको बताइएको छ ।