बैतडीमा लेनदेन विवादमा गोली प्रहार बाट घाइते भएका विष्टको मृत्यु, गोली प्रहार गर्ने फरार
बैतडी फागुन १८ : गोली प्रहारबाट बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको छ। सुरेन्द्रको दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गोली प्रहार गरि हत्या गरेका हुन्।
शनिबार राति ८ बजेको समयमा लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेका थिए। गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रलाई जिल्ला अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो।
गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। फरार कर्णबहादुरको खोजी र घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बलदेब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साँउद र खोचलेक प्रहरी चौकीबाट सई गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।