नेकपा एमाले दनपा को जरा अभियान अन्तर्गत ११ वडाको अभिमुखिकरण सम्पन्न
बैतडी फागुन १६ : बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेको “जरा अभियान” सम्पन्न भएको छ। माघ २२ गतेदेखी सञ्चालन भएको अभियान बिहीबार सम्पन्न भएको नगर कमिटी अध्यक्ष मनोज बोहराले बताउनुभयो।
नगर कमिटी अध्यक्ष बोहराको अध्यक्षता तथा एमालेका केन्द्रिय सदस्य एवं बैतडी इन्चार्ज लिलाधर भट्टको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरिएको थियो। पार्टीका प्रदेश कमिटी सदस्य बिस्ना चन्दको नेतृत्वमा ११ वटै वडामा अभियान तथा अभिमुखिकरण सम्पन्न भएको जनाईएको छ।
यसैगरी पार्टीको ३ महिने अभियान सुरु भएको छ। ३ महिने अभियान अन्र्तगत संगठित सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, पार्टीका जनवर्गीय संगठनहरुको अधिवेशन, टोल कमिटीको अधिवेशन सम्पन्न गर्ने र घरदैलो अभियान संचालन गर्ने गरि ३ महिने अभियान संचालन भएको समेत जनाईएको छ।
अभियानमा केन्द्रिय कमिटी सदस्य एवं बैतडी जिल्ला कमिटी इन्चार्ज भट्ट, केन्द्रिय सल्लाहकार कमिटी सदस्य मोहन थापा, प्रदेश कमिटी सदस्य जयदेब भट्ट, महादेब भट्ट, पुष्कर राज जोशि, सरस्वती नेपाली, बिस्ना चन्द, जिल्ला कमिटी अध्यक्ष नरेश कुमार बिक, उपाध्यक्ष लोकेन्द्र भण्डारि,उप सचीव पार्वती भट्ट जिल्ला कमिटी सदस्यहरु लगायत नगरका पदाधिकारी एवं सदस्यहरुको सकृयतामा “जरा अभियान” सम्पन्न भएको नगर कमिटी अध्यक्ष बोहराले बताउनुभयो।
आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर “मिसन–८४” भनिरहेको नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ। उक्त अभियानलाई एमालेले “जरा अभियान” भनेको छ।