जिल्ला अस्पतालमा बैतडी आए स्त्री रोग विशेषज्ञ,

बैतडी–जिल्ला अस्पताल बैतडीमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर आएका छन् । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर रामकुमार यादब मंगलबार बैतडी अस्पतालमा हाजीर भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताउनुभयो । उहाँका अनुसार मंगलबारनै नयाँ मेडिकल अधिकृत डाक्टरको रुपमा निश्चल ज्ञवाली समेत हाँजीर भएका छन् ।

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर यादब प्रदेश सरकारको परामर्श सेवा र मेडिकल अधिकृत ज्ञवाली छात्रवृत्री करारबाट बैतडी अस्पतालमा हाँजिर भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

अहिले जिल्ला अस्पताल बैतडीमा २ विशेषज्ञ, १ डेन्टल र ६ मेडिकल अधिकृत गरी जम्मा ९ जना डाक्टर कार्यरथ छन्र । यो संगै बतडी अस्पतालबाट प्रसुती तथा स्त्री रोग सम्बन्धि चेकजाँच र उपचार गर्न थालिएको विकले बताउनुभयो । विशेषज्ञ डाक्टरको अभावमा प्रभावित हुदै आएको स्त्री रोग उपचार सेवा संचालनमा आएको उहाँको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.