केदार नागार्जुन मा बि को ४१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
फागुन १२ ; दशरथचन्द नगरपालीका वाड नं.११मा रहेको केदार नागार्जुन मा.बि बगलेखानक ४१औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय दत पन्त अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोह कार्यक्रममा प्रमुख अतिथिको दशरथचन्द नगरपालीका नगर प्रमुख पुष्कर राज जोशी रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक गणेश दत्त जोशीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै बार्षीक १ बकरोड २९ लाख२१ हजार ३ सय ५२ बराबरको आय व्य प्रस्तुत गरेको शिक्षक गोपाल दत्त जोशीले बताएका छन्। ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।