बैतडीमा संयुक्त बजार अनुगमन टोलीद्धारा झण्डै साढे ७ लाखका अखाद्य सामाग्रीहरु नष्ट
जनक साउद–बैतडी/ बैतडीमा संयुक्त बजार अनुगमन टोलीले झण्डै साढे ७ लाखका अखाद्य सामाग्रीहरु नष्ट गरेको छ । जिल्लाका बिभिन्न बजाहरुमा गरिएको बजार अनुगमनका क्रममा ७ लाख ३१ हजार ८ सय ६७ बराबरमा म्याद नाघेका र लेबल नभएका अखाद्य सामाग्रीहरु बरामद गरी नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण दत्त लेखकले जानकारी दिनुभएको छ ।
जिल्लाका बिभिन्न स्थानिय तह भित्रका बजारहरुमा किराना पसल, मदिरा पसलर होटलहरुमा अनुगमन गरी सो मुल्य बराबरका पेय पदार्थ, सुर्तीजन्य पदार्थ र बिभिन्न जगगंफुटहरु नष्ट गरिएको हो । सुर्नया गाउँपालिका भित्रका बजारहरुबाट १ लाख १ हजार ७ सय १५, मेलौली नगरपालिका भित्रका बजारहरुबाट २५ हजार २ सय १०, दोगडाकेदार गाउँपालिका भित्रका बजारहरुबाट २७ हजार ८ सय ४७, डिलाशैनी गाउँपालिका भित्रका बजारहरुबाट ५५ हजार ९ सय ९० बराबरका अखाद्य सामाग्री बरामद गरी नष्ट गरेको छ ।
यस्तै जिल्ला सदरमुकाम गोठलापानी बजारबाट १७ हजार ५ सय ५०, शाहीलेकबाट ५२ हजार ७ सय ३०, गढीबाट ३ हजार ६ सय ८०, दशरथचन्द नगरपालिका ८ बाट ४ हजार ४ सय, देहीमाण्डौ र खोड्पे बजारबाट २ लाख ४७ हजार ३ सय बराबरका अखाद्य सामाग्री बरामद गरी नष्ट गरेको छ । यस्तै जिल्लाको पुर्चौडी नगरपालिका भित्रका बजारबाट १ लाख ८५ हजार ४ सय १० बराबरका अखाद्य सामान नष्ट गरिएको छ । यस्तै बिभिन्न बजारहरुबाट २७ ओटा नमुनाहरु परीक्षणको लागी संकलन गरिएको छ ।
संकलित नमुना खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाईने र प्रतिकुल देखिएमा कानुन बमोजिम कार्बाही हुने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख लेखकले बताउनुभयो । लामो समयसम्म लकडाउनका कारण बजारहरु बन्द हुदा अहिले आएर दशैको मुखमा अखाद्य सामाग्रीहरुको बिक्रि बितरण हुन सक्ने भन्दै बजार अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग बिकास समितिको संयोजकत्वमा जिल्लाका बिभिन्न सरोकारवालाहरुको टोलीले बजार अनुगमन गरिरहेको हो ।