निङ्गलासैनि इङ्ग्लिस बोर्डिङ स्कुलको २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
फागुन १२ ; दशरथचन्द नगरपालीका वाड नं.२मा रहेको निङ्गलासैनि इङ्ग्लिस बोर्डिङ स्कुलको २५औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बेहराको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोह कार्यक्रममा प्रमुख अतिथिको दशरथचन्द नगरपालीका वाड नं.२का वडा अध्यक्ष सुर्य बहादुर बोहरा रहनुभएको थियो भने बिशिस्ट अतिथिहरूमा कुलौन मा.वि.का प्रधानाध्यापक मान बहादुर बोहरा रहेका थिए। विद्यालयका प्रधानाध्यापक हेम राज भट्ट ले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै विद्यालयको शैक्षिक उपलब्धिहरूको बारेमा जानकारी गराउनु भयो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। अभिभावकहरूलाई विद्यालयको शैक्षिक गुणस्तर, भविष्य योजना तथा विद्यार्थीहरूको विकासका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। प्रमुख अतिथि बोहराले ले विद्यालयले शैक्षिक क्षेत्रको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो।