भिरबाट लडेर बैतडीको सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार खडायतको मृत्यु

बैतडी फाल्गुन ८ । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर ज्यान गएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार (हिजो) बेलूकी घरबाट कार्यालय फर्किने बेला बारिलमै भिरबाट लडेर गम्भिर घाइते भएका थिए । त्तत्काल उहाँलाई गोकुलेश्वर अस्पताल ल्याइएको भएपनी डाक्टरले मृत्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो ।

अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो । मृत्तक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । मिजासिलो स्वभावका प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको निधनले सिंगो बारिल गाउँ शोकमग्न भएको स्थानीय करन खडायतले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.