बैतडीको केदार मावि सिम लोडासौको ८० औं बार्षिकोत्सव सम्पन्न

बैतडी फागुन ७ ः बैतडीको दशरथचन्द नगरपालिका –९ स्थित केदार मावि सिम लोडासौको ८० औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुदूरपश्चिमका निबर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट प्रमुख अतिथी रहेका थिए । समारोहमा दशरथचन्द नगरपालिकाका वाड नं.९ का बडा अध्यक्ष मोहन देब जोशी तथा दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीश प्रकाश भट्ट बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक शकंर दत्त जोशीले आयव्यय विवरण प्रस्तुत गरे । उनले विद्यालयको भौतिक तथा शैक्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेको शिक्षक कृष्णनन्द जोशीले बताएका छन्
बार्षिकोत्सव समारोहमा विद्यालयका छात्रा छात्रहरुले सास्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित छलीया नाच प्रस्तुत गरिएको विद्यालयले जनाएको छ ।
बार्षिकोत्सव समारोहमा बिभिन्न प्रतीयोगीतामा उत्कृष्ट छात्रछात्राहरुलाई विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.