बैतडीका सबै पालिकामा नसर्ने रोगको पहिचान गरिदै

बैतडी–बैतडीमा स्थानीय तहहरुमा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सञ्चालनमा रहेको छ । फागुन १ गतेदेखि सुरु भएको अभियान एकमहिनासम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।

नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । नेपालभित्र बसोवास गर्ने ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक पालिकाका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवम् शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी रोकथाम तथा व्यवस्थापन गर्ने अभियानको लक्ष्य छ ।

यो अभियानले नसर्ने रोगको उपचारमा सहयोग पुग्ने विश्वास गरिएको पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।
पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसंख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या बढ्दै गएको बताइएको छ ।
समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिष्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च हुनका साथै बिरामीको अल्पायूमै मृत्यु भइरहेको छ ।

जनस्वास्थ्यको समस्याको रूपमा देखा पर्दै गएको नसर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधुमेह, उच्च रक्तचाप, शरीरको उचाइ र तौलको अनुपातको पहिचान गर्न अभियान सञ्चालन गरिएको हो ।

उक्त अभियानमा प्रत्येक स्वास्थ्य संस्थामा चार प्रकारका नसर्ने रोग मधुमेहको परीक्षण, रक्तचाप परीक्षण, मिर्गौला रोगसम्बन्धी परीक्षण, उचाइ र तौलको आधारमा बिएमआई मापन निःशुल्क परीक्षण गरिने श्रीकोट स्वास्थ्य चौकीका सूचना अधिकारी

सम्बन्धित

Leave A Reply

Your email address will not be published.