बैतडीका ९ स्थानीय तहको स्वमूल्याङ्कन नतिजा सार्वजनिक “पुर्चौडी पहिलो, पाटन अन्तिम”

बैतडी माघ ३० : बैतडीका ९ स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) अन्तर्गत गुणस्तर परीक्षणपूर्वको नतिजा सार्वजनिक गरिएको छ ।

जसमा ९२.५ अंक ल्याएर पुर्चौडी नगरपालिका पहिलो स्थानमा छ भने ६७.२५ अंकका साथ पाटन नगरपालिका अन्तिममा रहेको छ । दोस्रो स्थानमा दशरथचन्द नगरपालिका ८६. २५ अंक छन भने तेस्रोमा शिवनाथ र दोगडाकेदार गाउँपालिकाले बराबर अंक ८४.७५ ल्याएका छन् । यस्तै जिल्लाको सुर्नया गाउँपालिका ८०.७५, पञ्चेश्वर गाउँपालिका ८० अंक, डिलाशैनी गाउँपालिका ७८ अंक, र सिगास ७७.५ अंक प्राप्त गरेको छ ।

मेलौली नगरपालिकाले अहिलेसम्म नजिता सार्वजनिक गर्न सकेको छैन् । बुधबार सार्वजनिक गर्ने प्रमुख प्रशासकियअकिृत नारायण चन्दले बताएका थिए । तर कार्यालय समय सकिएपनि सावजिनक भएन् । उनले भने, ‘एक फाईल नमिलेकाले अहिलेसम्म रोकिएको थियो आज एक घण्टामै हुन्छ । स बिहान ११ बजेट एक घण्टामा हुने बताए पनि बुलुकी ६ बजेटसम्म सावजनिक गर्न नसकेको हो । स्वास्थ्य क्षेत्रका प्रमुख प्रशासकिय अधिकृतले कार्यसम्पनमा समेत प्रश्न उठेको छ । उनले नै बुधबार अन्तिम दिन भएकाले अनिर्वाय गर्नु पर्ने बताएका थिए ।

स्थानीय तहको कार्यप्रकिया, उपलब्धि तथा दुर्बल पक्षहरूको पहिचान गर्ने उद्देश्यले स्वमूल्याङ्कन प्रक्रिया सम्पन्न गरेको हो । यो स्वमूल्याङ्कनले स्थानीय तहहरूलाई विकास, सुशासन सुधार र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० बमोजिम तयार गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार बैतडी जिल्लाका १०वटा स्थानीय तहको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.