बैतडीको पुर्चौडी विजयपुर स्थित गोपेश्वर आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव सम्पन्न
हजारी महरा बैतडी माघ २९ : बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुर बुरौंसे स्थित श्री गोपेश्वर आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक समारोह विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद अवस्थीले ३१ लाख ९५ हजार ६८७ रुपैयाँ बराबरको आय र ३० लाख ९६ हजार ६१९ रुपैयाँ बराबरको व्यय विवरण प्रस्तुत गरेका थिए। यस्तै, विद्यालयको बैंक खातामा ९९ हजार ०६८ रुपैयाँ मौज्दात रहेको प्रधानाध्यापक अवस्थीले जानकारी दिए।
वार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्रालाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक अवस्थीले जानकारी दिए।