केदारशिला मा.वि.मा “धर्म अक्षय कोष” स्थापना

हजारी महरा बैतडी माघ २१ : दशरथ चन्द नगरपालिकाको वडा नम्बर ७, सुर्कालस्थित श्री केदारशिला माध्यमिक विद्यालयमा रु १,००,१११ राशिको अक्षय कोष स्थापना गरिएको छ। दशरथ चन्द नगरपालिका–७ निवासी दत्तराम बडूले आफ्ना स्वर्गीय पिता धर्मानन्द बडूको स्मृतिमा “धर्म अक्षय कोष” स्थापना गर्नुभएको हो।

उक्त स्मृति कोषबाट प्राप्त ब्याज वार्षिक रूपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा वितरण गरिनेछ। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा कोषको विधान तथा चेक विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका शिक्षक बल्देव बडूले जानकारी दिनुभएको छ।

अक्षय कोषबाट विद्यालयका आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई निरन्तर सहयोग पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.