बैतडीः थप दुई जनामा कोरोना पुष्टि, आजै ८ जना डिस्चार्ज
आसोज -२५/ बैतडीका थप दुइ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा जिल्लाका दुई जना पुरुषमा संक्रमण पुष्टिभएको हो । आइतबार कोरोना संक्रमण पुष्टि हुनेमा सिगास गाउँपालिकाका वडा नं ९ का २० र २५ वर्षिय पुरुष रहेका स्वास्थ्य कार्यालय बैतडीका कम्प्यूटर अपरेटर महेन्द्र रावलले जानकारि दिनुभएको छ ।
आइतबार दुइजनामा कोरोना सक्रमण पुष्टि भए संगै बैतडीमा कुल कोरोना संक्रमितको सङ्ख्या ४ सय २८ पुगेको छ । यस्तै बैतडीमा ४ सय २८ कुल कोरोना सक्रमित मध्ये ४ सय ७ जना निको भएर घर फर्किसकेका छन भने अब जिल्लामा सक्रिय कोरोना सक्रमितको सङख्या २१ रहेको छ । स्वास्थ्य कार्यालय बैतडीका कम्प्यिुटर अपरेटर रावलका अनुसार आइतबार ८ जना कोरोनाका संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।
आइतबार पुर्चौडी नगरपालिकाका ६ जना, पञ्चेश्रका एक जना र दशरथचन्द नरगपालिकाका १ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको हो । पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका सक्रिय कोरोना संक्रमित डिस्चार्ज भए संगै हाललाई पुर्चौडी र पञ्चेश्वर गाउँपालिकामा पनि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार डिलाशैनि, शिबनथा गाउँपालिका पञ्चेश्वर गाउँपालिका र पुर्चौडी नगरपालिका हाललाई कोरोना संक्रमण मुक्त भएका हुन । अब दशरथचन्द नगपालिका भित्र ७ जना, पाटन नगरपालिका भित्र ८ जना , मैलौली नगरपालिकामा दुइ जना सिगास गाउँपालिकामा ३ जना र सुर्नयामा १ जना कोरोनका सक्रिय संक्रमित रहेका छन । कोरोनाका सक्रिय संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।