गायक महराको एकल लोक गीत “डाडै काटी गयनि” सार्वजनिक
हजारी महरा बैतडी : लोक तथा देउडा गायक रमेश महराको दोस्रो नयाँ एकल लोक गीत सार्वजनिक भएको छ। विगत लामो समयदेखि गीत(संगीतमा सक्रिय बैतडीको पुर्चौडी नगरपालिका–१०, महरागाउँका गायक महराको नयाँ लोक गीत “डाडै काटी गयनि” सार्वजनिक भएको हो।
गायक महराले १० वर्ष विदेशमा मेहनत र संघर्ष गरेर अहिले नेपाली संगीत क्षेत्रमा निरन्तरता दिइरहेका छन्। लोकगीतप्रति गहिरो लगाव राख्ने उनले नेपाली संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यसहित यो गीत बजारमा ल्याएका हुन्। माया–प्रेममा आधारित रहेको “डाडै काटी गयनि” महराको आफ्नै युट्युब च्यानल रमेश महरा अफिसियल बाट सार्वजनिक भएको हो।
गायक महराको स्वर, शब्द, रचना आफ्नै रहेको गीत बिशेस डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। माया प्रेममा आधारित यस गीतलाई बिजय थापाले एरेन्ज गरेका हुन्। गीतका रेकर्डिस्ट तथा मिक्सिङ / मास्टरिङ पनि बिजय थापाले गरेका छन्।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेको छ। धेरैले गीतको शब्द, संगीत, र भाव मन पराएका छन्।
अझै पनि गीतलाई माया गरिदिन गायक महराले आग्रह गरेका छन्।