प्रेस चौतारी नेपाल बैतडी अध्यक्षमा भट्ट
बैतडी, माघ १८ प्रेस चौतारी नेपाल बैतडी अध्यक्षमा प्रकाशचन्द्र भट्ट चयन हुनु भएको छ । बैतडीमा आयोजित चौतारीको पाचौं जिल्ला अधिवेशनले सर्वसम्मत भट्टलाई अध्यक्ष चयन गरेको हो ।
जिल्ला कार्य समितिको उपाध्यक्षमा मंगेश दयाल र राधिका भट्ट, सचिवमा प्रेम वड, सह सचिवमा डम्बर बहादुर बोहरा र सरस्वती मडै चयन भएकाछन् । मदन राज भट्ट, सुरेन्द्र साउद, बसन्ती पन्त धर्मानन्द बडु सदस्य चयन भएकाछन् ।
यसैगरी केन्द्रीय परिषद सदस्यमा सीपी लोहिया र भागरथी महरा चयन भएकाछन् भने प्रदेश परिषद सदस्यमा कृष्ण बिष्ट र पार्वती ओड निर्विरोध चयन भएकाछन्।
संगठनका निवर्तमान अध्यक्ष सीपी लोहियाको अध्यक्षतामा भएको अधिवेशनका प्रमुख अतिथी नेकपा(एमाले) केन्द्रीय कमिटि सदस्य तथा बैतडी इन्चार्ज लिलाधर भट्ट रहनुभएको थियो ।