डोटीमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते
डोटीः डोटीमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन्।
दिपायल सिलगढी नगरपालिका(४ पिपल्ला बजारमा एयरपोर्टबाट पिपल्ला बजार आउदै गरेको चालक दिपायल सिलगढी नगरपालिका(४ बस्ने २६ वर्षीय पवन खड्काले चलाएको से ६ प ७२५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा चालकसहित पछाडी सवार दिपायल सिलगढी नगरपालिका(३ बस्ने २० वर्षीय बिकाश भण्डारी, दिपायल सिलगढी नगरपालिका(५ बस्ने २० वर्षकै दिपेश भण्डारी घाईते भएका छन्। घाईते तिनै जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।