सन्दीपको कप्तानीमा अर्जुन ट्रफी खेल्ने डडेल्धुराको टोली सार्वजनिक
धनगढी : भोलिदेखि कैलालीको धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट खेल्ने डडेल्धुराको फेन्ड्स क्लबको टोली सार्वजनिक भएको छ ।
राष्ट्रिय टोलीका सदस्य सन्दिप जोरालाई कप्तानको जिम्मेवारी दिइएको छ ।टिमबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल पनि खेल्ने भएका छन् । यस्तै, बिनोद भण्डारी, किरन ठगुन्ना, हेमन्त धामी, सुवाश भण्डारी, अभिषेक गौतम, अरुण राना, मनिष जोशी, कैलाश ऐर, रवि बिष्ट, गजेन्द्र बोहरा, सुवेश रावल र आयशुस्मान बम पनि डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने छन् ।
टोलीको प्रशिक्षकमा सन्तोष भट्ट र व्यवस्थापकमा दिनेश सिंह रहेका छन्।फाप्ला क्रिकेट मैदानमा डडेल्धुराको फेन्ड्स क्लब र डीसीए धनगढीबीच भोलि हुने उद्घाटन खेल हुने छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहने छ ।